OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०७८सुर्खेत
५८४ पटक

११ साउन २०७८ सोमबार

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भन्सार छलेर ल्याएको अवैध सूर्ती बरामद गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिका १२ सुर्खेत छिन्चुस्थित रत्न राजमार्गको सडक खण्डमा सूर्ती बरामद गरेको हो ।

नेपालगंजबाट सुर्खेततर्फ आउदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा आईतबार चेकजाँच गर्दा अवैधरुपमा भन्सार छली ल्याएको सुपरपावर सुर्ती एक हजार ६७४ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरीले विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडासहित जम्मा रु.एक लाख ४४ हजार १० मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँकेमा पठाएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । त्यसैगरी, आर्थिक प्रलोभन देखाई रु.एक हजार ५०० दिएर प्रभावमा पार्न खोज्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुब्बाकुना सुर्खेतको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभई प्रलोभन पारेर उम्कन खोज्ने भे.७.प ४८८ नम्बरको मोटरसाईकलमा सवार तातोपानी गाउँपालिका ३ २२ वर्षीय तेजबहादुर नेपाली र कमल नेपालीलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । आर्थिक प्रलोभन पार्न खोज्नुका साथै ड्यूटीमा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेकोले पक्राउ गरेर उनीहरुको आवश्यक अनुसन्धान अगाडि बढाईएको बताईएको छ ।

प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा बीरेन्द्रनगर नगरपालिका २ सुर्खेत कोलडाँडाको भित्री सडक खण्डमा स्थानीय व्यक्तिको जग्गामा प्राकृतिकरुपमा आफै उम्रिएको एक हजार ३५० वटा गाँजाका बोटहरू स्थानिय जनप्रतिनिधि, सामाजिक अगुवाहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्