OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०७८सुर्खेत
५१६ पटक

 ११ साउन २०७८ सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतको फैसला कार्यन्वयनपश्चात फरार रहेका प्रतिवादीहरुमा छ जनालाई आईतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद, छ हजार जरिवाना सुनाईएका वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ्ग तुलसीपुर उपमहानगरपालिका ७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै, लिखत बेईज्जती मुद्दामा रु.तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाँजी मुद्दामा रु.एक÷एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका १० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका छ प्रतिवादीहरुलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको छ । त्यसैगरी, लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दिप बिक. र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन । उनीहरुलाई ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्