OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०७८
८५३ पटक

११ साउन २०७८ सोमबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथाम गर्ने तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।

कोरोनाको अवस्था र तयारीका विषयमा सवाद समुह सुर्खेतद्वारा आईतबार आयोजित अन्तरिक्रया कार्यक्रममा उहाँले पहिलो र दोस्रो भेरियन्टपश्चात विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश प्रदेश सरकार तयारी गर्न थालेको बताउनुभएको हो ।

“नागरिकको स्वास्थ्यप्रति गम्भीर हुँद प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा निरन्तर लागिरहेको छ,” मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं ।”

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहहरुसँग समेत सहकार्य गरेको बताउँदै उहाँले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतामा अक्सिजन प्लान्टको स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाउनुभयो ।

कर्णालीका प्रत्येक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएका मन्त्री बुढाक्षेत्रीले औषधी र जनशक्तिको अभावमा नागरिकले सेवाबाट बञ्चित जनाउँदै प्रदेशका विभिन्न नाकाहरुमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको अवगत गराउनुभयो ।

 

प्रतिकृया दिनुहोस्