OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ८, २०७८
६४० पटक

८ साउन २०७८, शुक्रबार

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा ९क्रान्तिकारी० माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू एउटै मन्चमा देखिने भएका छन् ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा हुने ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहितको श्रद्धाञ्जली कार्यक्रममा नेताहरु एकठाउँ देखिन लागेका हुन।

कम्युनिस्टहरु बीचको धुव्रीकरणले मात्र बलियो शक्ति निर्माण हुन सक्ने जनस्तरबाट आवाज उठिरहेको बेला आजको यस कार्यक्रमले केही शुभसंकेत भने अवस्य दिनेछ ।

सबै कम्युनिस्टहरुलाई बोलाइएको यस कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भने निमन्त्रण नगरिएको बुझिएको छ ।

कार्यक्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसमेतले मन्तव्य राख्नेछन।

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः३० बजे हुने कार्यक्रमा सहभागिताका लागि पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष एवंम् एमाले युवा नेता जगन्नाथ खतिवडाले अनुरोध गरेका छन।

प्रतिकृया दिनुहोस्