OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ७, २०७८जुम्ला,
१४२५ पटक

खलंगा साउन ७ गते । जुम्ला देखी जाजरकोट जोड्ने तिला नदीको पक्किपुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण सम्पन्न भएको हो ।
पुर्ननिर्माण सम्पन्न भएपछि कर्णाली राजमार्ग देखी जुम्लाको भेरीखोला र जाजरकोट सम्म यात्रा गर्नका लागि सजिलो हुने भएको छ । तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्किपुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कार्यालय प्रमुख रुपबहादुर रावलका अनुसार रु चार करोड १२ लाख रुपैयाको लागतमा पुल सम्पन्न भएको छ । २०७३ साल असार ५ गते निर्माण कार्यका लागि सम्झौता शुरु भएको उक्त पुल धेरै लामो प्रयास पछि सम्पन्न भएको हो । कार्यालय प्रमुख रावलका अनुसार तत्कालिन प्राविििधक कार्यालयले शुरु गरेको उक्त पुल बि.सं २०७५ साल जेठ ३१ गते सम्पन्न हुनुपर्नेमा अलपत्र परेपछि संघीय संरचना पछि पर्नजिवित भएको हो । पूर्वाधार विकास कार्यालयको शुरुवात सँगै यसलाई सम्पन्न गर्ने अवसर भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिनुभयो ।

ठेक्का नम्बर ०२÷एनएलवि आरसिसि ब्रिज २०७२।०७३ को बिसं २०७५ सालमा पुलको पुन म्याद थप गरिएको थियो । कर्णाली प्रदेशकै पहिलो हाईरिक्स तरिकाले पुल निर्माण भएको र यसको निर्माण फरक र जटिल प्रकृतिको रहेको पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।

लामो समय देखी निर्माण शुरु भएपनि अलपत्र परेको उक्त पुल निर्माणपछि जुम्लाको साविक ताम्ति गाविस हात तातोपानी गाउँपालिकाको ७ र ८ वडामा सजिलो हुनुका साथै जाजरकोट जाने यात्रुहरुलाई सजिलो हुने भएको छ ।

जाजरकोटबाट जुम्ला भित्रिने सवैभन्दा सजिलो सिमानामा कच्चीबाटो पुरयाउन पनि उक्त स्थानमा पूर्वाधार विकास कार्यालयले रु दुई करोड १९ लाखको कच्चिबाटो पनि खनिरहेको छ । जुम्ला र सिमाना ईमिल्चा हुदै जाजरकोट सम्म कच्चिबाटोका लागि काम भईरहेको कार्यालयले जनाएको छ ।

यता पक्कि पुल निर्माण भएपछि जनप्रतिनिधी र स्थानीय खुशीभएका छन् । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो समय पछि खुशीको सिमा नभएको बताउनुभयो । पुन सम्पन्न भएपछि सामाजिक संजालमा राष्ट्रिय सडक सञ्जालमा ताम्ति गाविस जोडिनुका साथै जाजरकोट जान सजिलो हुने भएको बताएका छन् ।

साविक कर्णालीको मुकाम जुम्लामा तिला नदिमा पुल नहुदा जाजरकोटमा गाडि संचालन हुन ढिलाई भईरहेको थियो, अव सजिलो हुने भएको हो । यस्तै जुम्लाबाट डोल्पा जाने दानसँघुमा पुल वनेपछि पनि जुम्ला डोल्पा जान सहज हुने भएको छ । यता कालिकोट र मुगुमा सडक जोडिसकिएको छ ।

तस्बिर : रुपबहादुर रावल

प्रतिकृया दिनुहोस्