OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ६, २०७८जुम्ला
४२६ पटक

जुम्ला , जुम्लाका पत्रकार तथा स्थानीय संचार माध्यामलाई कोरोना माहामारीको बेला स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला र मर्सिकोर भकारी परियोजनाको सहयोगमा प्रदान गरिएका स्वास्थ्य सामग्री पत्रकारलाई वितरण गरिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताउनुभयो ।

महासंघ अध्यक्ष शाहीले स्थानीय प्रशासनले महासंघलाई दुई हजार सात सय मास्क, मर्सिकोर परियोजनाले पाँचसय एमएलको एकसय बोतल सेनिटाईजर र नेपाल रेडक्रस जुम्लाले दुई सय ५० माक्स प्राप्त गरेकाले धन्यवाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष शाहीले महासंघलाई सहयोग गरिएका स्वास्थ्य सामग्री वितरण शुरु गरिएकाले सवै संचार माध्यामले समय मिलाएर महासंघमा संम्पर्क गरि केही मास्क र सेनिटाईजर लिन पत्रकारलाई आग्रह गर्नुभयो ।

स्थानीय रेडियो र दैनिक पत्रिकालाई एकसय मास्क, दुई वोतल सेनिटाईजर, राष्ट्रिय मिडियामा कार्यरत पत्रकार, प्रति व्यक्ति ५० मास्क र एक वोलत सेनिटाईजर, स्थानीय अनलाईनलाई ५० मास्क र २ वोतल सेनिटाईजर बितरण गरिएको छ ।

यस अघि पनि कर्णाली प्रदेश महासंघले उपलब्ध गराएको तीनसय मास्क र केही सेनिटाईजर, जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गरेका सेनिटाईजर र मास्क स्थानीय मिडिया हाउसलाई उपलब्ध गराईएको थियो । महासंघलाई जनस्वास्थ्य कार्यालय जुम्लाले पनि स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।

 

प्रतिकृया दिनुहोस्