OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ ३०, २०७८जुम्ला,
१२१४ पटक

३० असार २०७८, बुधबार

हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड टेण्डरमा गएको छ ।

लामो प्रयास पछि आयोजना विधुतीय खरिद प्रणालीबाट आयोजना टेण्डरमा गएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाको रोहवारमा टेण्डर गरिएको संघीय खानेपानी आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार रु.एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैया लागतको बहुवर्षीय आयोजनाको पहिलो चरणको टेण्डर भएपछि आयोजनाले मुर्त रुप दिएको हो ।

आठ हजार ३०० धाराको कल्पना :

स्थानीय सरकारको रोहवरमा विधुतीय खरिद प्रणालीबाट हिमाली क्षेत्रको सवैभन्दा ठूलो आठ हजार  २९२ धारा निर्माण हुने खानेपानी आयोजना टेण्डरमा गएको हो । जुम्ला सदरमुकाममा खानेपानी अभाव भईरहेको समयमा चन्दननाथ सहित ३ वटा स्थानीय तहका नौ हजार एक सय आठ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने उक्त आयोजना टेण्डरमा गएपछि बन्ने पक्का भएको छ ।

कबिर १२ बर्ष पछि आयोजना टेण्डरमा गएपछि खुशीयाली छाएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएपछि निकै ठूलो फाईदा भएको बताउनुभयो । उहाँले यो आयोजना मुर्तरुप दिनका लागि सहयोग गर्ने स्थानीय सरकार सहित सवैलाई धन्यवाद ज्ञापन गर्र्नुभयो ।

आयोजनाको एक प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय तिनैवटा तहले एक करोड ४६ लाख अग्रिम नगद वैंकमा जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले रु ५० लाख, तातोपानी गाउँपालिकाले रु ५० लाख र गुठिचौर गाउँपालिकाले रु ४६ लाख बजेट पहिलै बैंक धरौटी राखेका छन् ।

यसैगरी, तीनवटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । यस्तै विभिन्न वाधा अडचनका विच राष्ट्रिय योजना आयोगले फाईल अगाडि बढाएपछि टेण्डरको लागि सफल भएको हो । नेपालको हिमाली क्षेत्रको माटोमा सुहाउदो आयोजनाको ७० किलोमिटर पाईपलाईनबाट खानेपानी ल्याईने योजना भएको छ ।

२०६६ सालमा स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष अध्यक्ष नवराज न्यौपाने, गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी सहितको तदर्थ  समितिको पहल र जनप्रतिनिधी, नेपाल सरकार र सरोकारवाला निकायहरुको सहयोगले आयोजना टेण्डरमा जान सफल भएको हो ।

आयोजनाको परिकल्पना भने कर्णाली सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले गर्नुभएको थियो । पुव् मन्त्री भण्डारी पहिलो संविधानसभाको सदस्य हुदादेखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगै धौलगाडको कल्पना गरिएको थियो । पूर्व मन्त्री भण्डारीले टेण्डरमा गएपछि कर्णाली प्रतिष्ठानपछिको ठूलो गौरवको परियोजना धौलिगाड भएको र अव धौलीघाट वोर्डमा परिणत हुने बताउनुभयो ।

विभिन्न कारणले झण्डै मरिसकेको आयोजनाले ओली सरकारको पालामा भने मुर्त रुप पाएको थियो । आयोजनाको पहल गर्न मन्त्री भण्डारी सँगै पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भुमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धिरेन्द्रराज गिरी, पूर्व खानेपानी मन्त्री प्रेमहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री, स्थानीय प्रशासनसहितको टिम थुप्रैले पहल गरेको समन्वय उपप्रमुख बुढाले जानकारी दिनुभयो । आयोजना करिब चार हजार मिटर उचाईमा रहेको र हिउ जम्ने स्थानमा मुल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने आयोजनाले जनाएको छ ।

आयोजनालाई यो स्थानमा पुरयाउने जुम्ली मिडिया क्षेत्रको ठूलो योगदान पनि छ । जसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सफलतामा मिडियाको हरपहलमा सहयोग भयो अव पनि निरन्तर रखबारीको आवश्यकता रहेको छ ।

प्रतिकृया दिनुहोस्