OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७८काठमाडौं
६४० पटक

२९ असार २०७८, मंगलबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ। गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो । विसं.२००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह देउवा र आमा द्रौपदीदेवी देउवाको कोखबाट उहाँको जन्म भएको थियो । देउवाको परिवारमा श्रीमती आरजु राणा र एक छोरा रहेका छन् । उहाँले स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ ।

राजनीतिक जीवन

प्रधानमन्त्री देउवा २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिमा सक्रिय हुनुभएको थियो । २०२८ सालमा उहाँ नेविसंघको पहिलो सभापति हुनुएको थियो। कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्व देउवाले सम्हाल्नुभएको थियो ।

विसं.२०५९ सालदेखि नेपाली काँग्रेस विभाजन गरी नेपाली काँग्रेस (प्रजातान्त्रिक) को गठन गरी सभापतिका रूपमा पाँच वर्ष नेतृत्व सम्हाल्नुभएको थियो । विसं.२०६४ सालमा पुन काँग्रेससँग एकीकरणपछि बरिष्ठ नेताको हैसियतमा काम गर्दै आउनुभएको थियो। विसं.२०७२ को १३ औं महाधिवेशनबाट उहाँ नेपाली कांग्रेसको सभापतिमा चुनिनुभएको थियो ।

देउवाको संसदीय यात्राको इतिहास हेर्दा विसं.२०४८ को संसदीय निर्वाचन, मध्यावधि निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६ मा डडेलधुराबाट १ निर्वाचित हुनुभएको थियो। पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा २०७० मा डडेलधुरा १ बाट उहाँ निर्वाचित हुनुभएको थियो। यस्तै संविधान निर्माणपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि देउवा डडेलधुराबाट निर्वाचित हुनुभयो ।

देउवाले यसअघि विसं.२०५२, २०५८, २०६१ र २०७४ मा गरी चार पटक नेपालको प्रधानमन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । विसं.२०४८ सालमा गृहमन्त्री बन्नुभएका देउवा राजनीतिका क्रममा करिब ९ वर्ष जेल जीवन व्यतित गर्नुभएको थियो ।

उहाँले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत र लामो समय जेल जीवन समेत बिताउनुभयो। विसं.२०५७ सालको दशौं महाधिवेशनबाट नेतृत्वका लागि प्रयास गरेका उहाँले करिब दुई दशकपछि १३ औं महाधिवेशनमा तेस्रो प्रयासमा कांग्रेस सभापति बन्नुभयो । देउवा विसं.२०४८ सालदेखि निरन्तर रुपमा डडेलधुराबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित हुँदै आउँनुभएको छ ।

प्रतिकृया दिनुहोस्