OnlinePana

आज : २०८० आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७८काठमाडौं
५४८ पटक

२९ असार २०७८, मंगलबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुनुभएको हो।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिनुभएको थियो ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको थियो ।

अर्थमा जनार्दन, गृहमा खाँण

प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार नवनियुक्त मन्त्रीहरूले पनि सपथ ग्रहण गर्नु भएको छ । गृहमन्त्रीमा बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको हो । राष्टपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सपथ गराउनु भएको थियो ।

कानुनी न्याय संसदीय मामलिा मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिचाइ मन्त्रीमा पम्फा भुसालले पनि सपथ लिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्