कोरपाटी संवाददाताआषाढ २९, २०७८काठमाडौं

४१४ पटक

२९ असार २०७८, मंगलबार
नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ःं०० बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीद्धारा जारी विज्ञप्तिमा भने देउवालाई नेपालको संविधानको कुन धारा अनुसार नियुक्त गरिएको हो भन्ने कुरा उल्लेख गरिएको छैन ।देउवाको नेपालको ईतिहासमा हालसम्म गरी पाँच पटक प्रधानमन्त्री हुनुभएको छ ।