OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

माधव नेपालको तीनबुँदे असन्तुष्टि: अदालतलाई प्रभावित पार्ने सहमति च्यातिन्छ

‘रातारात गर्न जरुरी थिएन, हल्कारुपमा सहमति भयो भनेर हुँदैन’

कोरपाटी संवाददाताआषाढ २७, २०७८काठमाडौं
११५६ पटक

२७ असार २०७८, आईतबार

नेकपा एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले असहमति प्रकट गरेका छन् । रातारात सम्झौता गरिएकोमा आशंका उत्पन्न भएको नेता नेपालले बताएका छन् ।

आइतबार राति सिंहदरबारबाट कार्यदलको १० बुँदे सहमतिपत्र सार्वजनिक भएपछि रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै बरिष्ठ नेता नेपालले यसबारे मुख्यतः तीनवटा प्रतिक्रिया जनाए ः

पहिलो– रातारात यसरी हतार गरेर सहमति गर्न जरुरी थिएन, भोलि उज्यालोमा गरेको भए पनि हुन्थ्यो । रातारात गरिएको सहमतिले आम कार्यकर्तामा आशंका जन्माएको छ ।

दोस्रो– अदालतमा विचाराधीन मुद्दाका बारेमा यसलाई ‘मिस इन्न्टरप्रिटेसन’ ९अपव्याख्या० र ‘मिसयुज’ दुरुपयोग नगरियोस् । अदालतलाई प्रभावित बनाउने कुनै पनि गतिविधि मान्य हुँदैन । त्यसलाई म कुनै पनि हालतमा मान्दिनँ । मैले यसलाई मेरो बटमलाइन हो भन्दै आएको छु ।

र, तेस्रो– सबै समस्याहरूको ‘स्टेप बाई स्टेप’ गर्ने कामहरुको विषयमा स्पष्टता नभइकन हल्कारुपमा सहमति भयो, सहमति भयो भनेका भरमा दिगो एकता हुन सक्दैन, त्यस्तो अस्पष्ट कुरालाई सहमति भएको मान्न्न सकिँदैन ।

अदालतको हस्ताक्षरबारे प्रश्न

कार्यदलले गरेको १० बुँदे सहमतिको तीन नम्बर बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।’ यसको अर्थ अदालतमा बुझाइएको हस्ताक्षर पनि बदर हुने हो कि भन्ने प्रश्न उत्पन्न भएको छ ।

यसबारेमा बरिष्ठ नेता नेपालसँग प्रतिक्रिया माग्दा उनले कार्यदलका सदस्यहरुले आफूसँग हस्ताक्षरबारे सहमतिपत्रमा केही पनि उल्लेख नगरिएको बताएको सुनाए । नेता नेपालले रातोपाटीसँग भने,‘उनीहरुले त्यो होइन भनेका छन्, अदालतलाई प्रभावित बनाउने सहमति च्यातिन्छ ।’

बैठकमा माधव नेपाल जालान् ?

कार्यदलका सदस्य भीम रावलका अनुसार कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनका लागि पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । त्यसका लागि बैठक बोलाउन अध्यक्ष र महासचिवलाई आग्रह गर्ने सहमति पत्रमै उल्लेख छ ।

उता, केपी ओली पक्षले सोमबार साँझका लागि स्थायी कमिटीको बैठक डाकिसकेको छ । त्यसैगरी, मंगलबार बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । तर, नेता नेपाल भने बैठकमा सहभागी हुने÷नहुने अझै स्पष्ट छैन । रातोपाटीबाट

 

प्रतिकृया दिनुहोस्