OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०७८ सुर्खेत
१०६२ पटक

 २७ असार २०७८, आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गर्नुभएको छ । नेकपा एमालेमा आज १० बुँदे सहमति भएपछि उहाँको यस्तो टिप्पणी आएको हो ।

‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’, सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति सल्लाहकार थापाले सर्वोच्चबाट फैसला हुनुअघि नै उहाँले विवादास्पद टिप्पणी पनि गर्नुभएको छ । एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि नहुने दावी सल्लाहकार थापाले गर्नुभएको छ । ‘सर्वोच्चद्वारा न परमादेशः न पुनःस्थापना’, उहाँले लेख्नुभएको छ,, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो । जय नेपाल !!!

एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो भने सो सहमतिपछि बालुवाटारबाट यस्तो अभिव्यक्ति आ​एको हो ।

प्रतिकृया दिनुहोस्