OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७८काठमाडौं
८७५ पटक

 २५ असार २०७८, शुक्रबार

सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आज भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग रु.४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप आज बिहान काठमाडौं ल्याइएको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जानकारी दिनुभयो ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याउन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्