OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २४, २०७८सुर्खेत
५४१ पटक

 २४ असार २०७८, बिहीबार

कर्णाली प्रदेशभा बैठक आज पनि चल्न सकेन । आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको हो । आफ्नो मागमा सरकार वेवास्ताग्रही भएको भन्दै पटक पटक प्रदेशसभा बैठक अवरोध गरिँदै आएको छ । आजपनि एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन।

बैठक शुरु हुनेबित्तिकै एमालेका प्रदेशसभा उठेर अवरोध गरेका थिए। बैठक अवरुद्ध भएपछि सभामुखले एक जनालाई बोल्न गर्नुभयो । जसमा एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो ।

‘कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो’ उहाँले भन्नुभयो, जबसम्म सरकारले आफ्ना गल्ती सच्याउँदैन, तबसम्म बजेटमाथि छलफल गर्न सकिँदैन।’

प्रदेशसभा सदस्य रावलले बोलेसकेर पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो। एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ।

हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री छन्। फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराएका छन्।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिसका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनीहरु सहित प्रकाश ज्वाला पुनर्वहाली भएका थिए।

प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरे पनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्ष भएर बस्दै आएका छन् । एमालेले सोही विषयलाई लिएर सदन अवरूद्ध गर्दै आएको छ। संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेले जिकिर गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्