OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १६, २०७८
६४१ पटक

१६ असार २०७८, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन् ।

बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रुपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताएका थिए।

रुपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दुःखद र खेदजनक छ। यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्‍याएको छ,’ विश्वकर्माले बैठकमा भने,‘यस्ता कुराले एमालेप्रतिको आशा९विश्वास पनि धुमिल बनाउन सक्छ। त्यसैले उहाँले आत्मआलोचना गर्नुपर्छ।’

श्रेष्ठ अहिले मन्त्री पनि भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने आफूले सुझाव दिएको विश्वकर्माले बताए। मन्त्रीका रूपमा पनि उहाँ सबैको अभिभावक बन्न सक्नुभएन। व्यक्तिगत रूपमा मेरो उहाँसँग आत्मीय सम्बन्ध भए पनि उहाँले उच्च नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्छ भन्ने मैले सुझाव दिएँ,’ विश्वकर्माले भने।

जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताएका थिए। श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिए। उक्त विषयमा शिक्षा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन्।

बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए। थरकै आधारमा रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै पुगेको र गाडी लगेर घरसम्म छाडेकोमा आलोचना भइरहेको छ।

प्रतिकृया दिनुहोस्