OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७८ सुर्खेत
३७६ पटक

११ असार २०७८, शुक्रबार

नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।

यसअघि पनि फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कार्यमा संलग्न रहेपछि उनीहरु पदमुक्त भएका थिए । तर सर्वोच्चको अदालतले उनीहरुको पद जानबाट रोकिएको थियो । त्यसपछि उनीहरुले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेपछि निलम्बनको निर्णय भएको हो।

असार ११ गते बसेको एमाले कर्णाली संसदीय दलको बैठकको निर्णयअनुसार तीन प्रदेशसभा सदस्यलाई एक महिनाका लागि निलम्बन गर्न सिफारिस भएअनुसार प्रदेशसभा सचिवालयले निलम्बन गरिएको सूचना शुक्रबार प्रकाशित गरेको छ।

प्रतिकृया दिनुहोस्