OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १०, २०७८सुर्खेत
९१२ पटक

१० असार २०७८, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले केही खुकुलो पारेर एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि बैशाख १४ गतेबाट निषेधाज्ञा गरेको जिल्ला प्रशासन सुर्खेतले त्यसलाई निरन्तरता दिँदै निषेधाज्ञाको समय थप गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी महतका अनुसार थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाकुँडाका पसलसँगै पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ः०० बजेदेखि दिउसो २ः०० बजेसम्म खोल्न पाइनेछ ।

त्यस्तै, बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरुले पनि सेवा सुचारु गर्न पाउने सूचाना गरिएको उहाँले बताउनुभयो । मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमा हल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न भने रोक लगाईएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्