OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २०, २०७६ सुर्खेत
१६५३ पटक

सुर्खेत, २० मंसिर ः प्रेस चौतारी र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया आज कर्णाली प्रदेशमा टुङ्गो लागेको छ ।
प्रेस संगठन नेपालका कर्णाली प्रदेश ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकी संयोजक बीरबहादुर गिरी, सहसंयोजक प्रतिक ईच्छुक शर्मा र केन्द्रीय सदस्यहरु सहभागी बैठकको छलफलबाट कर्णाली प्रदेशसहित यहाँका १० जिल्लामा दुवै संगठनबीचको एकता प्रक्रिया टुङ्गो लागेको हो । एकता प्रक्रियाका साथै संगठनको हाललाई ८३ सदस्यीय कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको प्रेस संगठन नेपालका कर्णाली प्रदेशका ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।
त्यसैगरी, आज बसेको बैठकले यहाँका १० जिल्लाका दुवै संगठन बीचको एकतालाई पनि टुङ्ग्याएको उहाँले बताउनुभयो । जसअनुरुप हुम्लामा प्रेस सेन्टर नेपालबाट संयोजक नरजंग तामाङ र प्रेस चौतारी नेपालबाट सहसंयोजक मिमसिंग नेपाली, डोल्पामा प्रेस चौतारीबाट संयोजक कमल बुढा र प्रेस सेन्टरबाट सहसंयोजक रामचन्द्र न्यौपाने, मुगुमा प्रेस चौतारीबाट वसन्त बागचन र प्रेस सेन्टरबाट सहसंयोजक देवीकृष्ण रोकाया, जुम्लामा प्रेस सेन्टरबाट संयोजक उपेन्द्र न्यौपाने र प्रेस चौतारीबाट सहसंयोजक मानदत्त रावल चयन हुनेगरी संगठनको एकता टुङ्गो लगाईएको उहाँले जनाउनुभयो ।
त्यस्तै, कालीकोटमा प्रेस चौतारीबाट संयोजक भरतराज विष्ट र प्रेस सेन्टरबाट सहसंयोजक अर्जुन भट्टराई, दैलेखमा प्रेस चौतारीबाट संयोजक पुरुषोत्तम थापा र प्रेस सेन्टरबाट सहसंयोजक कृष्णप्रसाद देवकोटा, जाजरकोटमा प्रेस सेन्टरबाट संयोजक हेमन्त केसी र प्रेस चौतारीबाट सहसंयोजक भरत शर्मा चयन हुनेगरी संगठन नेपालको एकता टुङ्गिएको प्रेस संगठन नेपाल कर्णाली प्रदेशका संयोजक बीरबहादुर गिरीले जानकारी दिनुभयो ।
यता रुकुम पश्चिममा प्रेस सेन्टरबाट संयोजक मेगराज खड्का र प्रेस चौतारीबाट सहसंयोजक दिपक थापा, सल्यानमा प्रेस चौतारीबाट संयोजकमा मिना बुढाथोकी र प्रेस सेन्टरबाट सहसंयोजक टिकाराम भण्डारी, सुर्खेतमा संयोजकमा प्रेस सेन्टरबाट धर्मराज जिसी र सहसंयोजकमा प्रेस चौतारीबाट दीपेन्द्र वलीलाई चयनगरी प्रेस संगठन नेपालको एकता टुङ्गो लगाईएको संयोजक गिरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्