OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८काठमाडौं
७२३ पटक

४ असार २०७८, शुक्रबार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने हुनुभएको छ ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उहाँलाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। जसका कारण सत्तापक्षलाई बहुमत पुर्‍याउन केही सहज हुने पक्का छ।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गर्नुभएका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको छैन । यद्यपि मुख्यमन्त्री बन्नुभएकै दिन भने आफूसहित उहाँले सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको । अन्य सबै मन्त्रीहरु भने विना विभागीय रहेका छन् । अब उहाँले विश्वासको मत लिएपश्चिात् मन्त्रीहरूको कार्य विभाजन गर्ने तयारी गर्नुभएको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्