OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३, २०७८
१३२५ पटक

खलंगा असार ३ गते । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको टोली चिनिया कम्यूनिष्ट पार्टीले सहयोग गरेको हाईड्रोजन अक्सिजन मेशिन र माक्स लिएर जुम्ला पुगेको छ ।
नेमकिपाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा मेशिन र दुई हजार आठ सय ८० थान एन नाईन्टीफाईभ मास्क उपलब्ध गराएकोछ ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य डिल्ली प्रसाद काफ्ले सहितको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहलाई हस्तान्तर गरि मेशिन जडान समेत गरिएको छ ।

यसै नेमकिपाले कोभिड १९ संकट व्यवस्थापन समितिलाई समेत दुई हजार गरि मास्क झण्डै पाँचहजार मास्क हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई मास्क उपलब्ध गराएको नेमकिपा जुम्ला पार्टी अध्यक्ष शिवलाल डाँगीले जानकारी दिनुभयो ।

नेमकिपाले प्रदान गरेको अक्सिजन मेशिन ३ लिटर प्रतिमिनेट उत्पादन गर्ने मेशिन रहेको र हस्तान्तरण भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डाक्टर राजिव शाहले जानकारी दिनुभयो । उहाँले एक जना विरामीलाई सो मेशिनले अक्सिजन दिन काम लाग्ने जानकारी दिनुभयो ।

नेमकिपा केन्द्रीय सचिव प्रेम सुवालले चिनिया कम्यूनिष्ट पार्टीले आफ्नो पार्टीलाई आठवटा हाईड्रोजन अक्सिजन मेशिन र एक लाख एन नाईन्टी फाईफ मास्क उपलब्ध गराएकोमा एक मेशिन सहित पाँच हजार मास्क जुम्लालाई हस्तान्तरण गरिएको जानकारी गर्नुभयो । उहाँले जेठ १२ गते चीनको कम्यूनिष्ट पार्टी सँग नेमकिपा पार्टी अध्यक्ष नारायणमान विजुक्क्ष, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका छ कप्यूनिष्ट पार्टीका नेताहरु चीनसँगको अनलाईन वैठकमा कोभिड १९ रोकथाम र नियन्त्रणका बिषयमा छलफलमा बसेपछि नेपालका कम्यूनिष्ट पार्टीलाई मेशिनहरु र मास्क सहयोग भएको जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण गर्दै नेमकिपाका केन्द्रीय सदस्य डिल्ली प्रसाद काफ्लेले चीनबाट आएको एक लाख मास्क र आठ वटा हाईड्रोजन अक्सिजन मेशिन पूर्व देखी पश्चिमका अस्पतालहरुरुमा बितरण गर्दै आएको जानकारी दिनुभयो । उहाँले जुम्लामा भने एकद्धार प्रणाली भएकाले कोभिड संकट व्यवस्थापन समितिलाई रु दुईहजार मास्क र कर्णाली प्रतिष्ठानलाई दुईहजार आठ सय ८० मास्क उपलब्ध गर्राइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रतिकुल मौसमका विच जुम्ला पुगेर स्वास्थ्य सामग्री बितरण गरेकोमा टोलीलाई धन्यवाद ज्ञापन गर्दै डिसिएमसिको वैठकले जिल्लामा स्वास्थ्य सामाग्री उपलब्ध गराउने सहयोगी जुनसुकै निकायलाई एकद्धारप्रणाली शुरु गरिएकोले आवश्यकताका आधारमा बितरण गरिदै आएको जानकारी दिनुभयो । नेमकिपाको एन नाईटिफाईफ मास्क जनकपुर, भरतपुर, वुटवल, धनगढी, बर्दिया, नेपालगंज बितरण गरेर जुम्ला पुगेको र टोली माक्स, मेशिन लिएर अव कालिकोट र दैलेख लाग्ने भएको सचिव सुवालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्