कोरपाटी संवाददाताआषाढ १, २०७८सुर्खेत

६९२ पटक

१ असार २०७८, मंगलबार
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल गराउने तयारी नेकपा एमाले प्रदेशसभा दलले गरेको छ । नेकपा एमाले प्रदेशसभा दलको आज बसेको बैठक सोमबार पारित हहुन नसकेको प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा बैशाख ३ गते फ्लोर क्रस गरेर मतदान गरेको भन्दै प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीले कारवाही गरेर निस्कासन गरेपनि सर्वोच्च अदालतले पुनर्बहाली गरेपश्चत् एमाले ससंदीय दलको बैठकमा पहिलो पटक प्रदेशसभा सदस्य प्रकाश ज्वाला सहभागी हुनुभएको थियो ।
बैठकमा ज्वाला सहभागी भएर विपक्षमा मतदान गर्ने जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो ।