OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ २७, २०७८जुम्ला
७४४ पटक

उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन ।
कोभिड संक्रमणका कारण कोरोना संग सम्बन्धित केस बाहेक अन्य केस हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम विपरित आदेश दिएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन । आफुखुसि उच्च अदालत जुम्लाले कारवाही अगाडी बढाएको भन्दै पीडित पक्षले विज्ञप्ति निकालेर आक्रोश पोखेका हुन ।

यहि जेष्ठ २५ गते उच्च अदालत जुम्ला ईजलासमा विचाराधिन रहेको राधाकृष्ण बुडथापाको कर्तव्य ज्यान सम्बन्धि मुद्वा (पुनरावेदन) लाई कारवाही अगाडी बढाउन पेसी राखिएको थियो । कोभिड कहरमा पेसी नराखौ, स्थगित गरौ भनेर निवेदन दिइएको थियो । मृतकका बुवा जाहेरवाला रामकृष्ण वुडथापाका अनुसार स्थगितको निवेदन दिई स्थगित गर्न सहमति जनाएपनि अदालत बाहिर आईसके पछि त्यो मुद्वाको कारवाही अगाडी बढाइयो । यो हाम्रो लागि स्वीकार्य छैन ।’ मैले अर्को दिन मात्र थाहा पाए । यो अदालतको छलकपट हो । त्यसप्रति हाम्रो आपत्ती छ । उहाँले थप्नुभयो, ‘कोभिड संक्रमणका कारण अगाडि बढाउन नमिल्ने थियो ।

उता उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिष्ट्रार सुरेशराज खनाल घटनाका विषयमा बादी पक्षले निवेदन वकालत गर्ने सरकारी वकिलमार्फत निवेदन दिनुपर्ने भनाई छ । उहाँले टेलिफोनमा जाहेरवाला स्वयंले पेसी हटाउन नपाउने दवाउनुभयो । यसमा प्रक्रियागत रुपमा अगाडि बढ्को दावी भएको छ । अहिले त्यस्ता प्रकारका मुद्धा नगर्ने भन्ने बिषयमा के हो भन्ने बिषयमा, हाईन त्यो नभएको भन्दै उहाँको दावी छ ।

यता प्रतिवादी खड्कजित रोकायाले आफुले सिआईविको प्रतिवेदनलाई आधार मानेर आदेश गरिपाउ भन्ने निवेदन गरिएको बताउनुभयो । सोही अनुसार अदालतले आफ्नो काम कारवाही अगाडि बढायो होला उहाँले भन्नुभयो ।

 

प्रतिकृया दिनुहोस्