OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७८ जुम्ला ।
४४७ पटक

२०७८ जेठ २५ गते ,

जेठ २५ गते । तातोपानी गाउँपालिका वडा नम्बर १ राँकामा २५ जना व्यक्तिको कोरोना परीक्षण गरिएकोमा २३ जना पोजेटिभ देखिएका छन् ।

सो गाउँमा रुघाखोकीका बिरामी बढेको भन्ने खबर आएपछि गरिएको एन्टिजन परीक्षणमा २३ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले जानकारी दिनुभयो । उहाहरु सवैलाई गणेश आधारभुत विद्यालयमा आईसुलेशन तयार तरि व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तातोपानी गाउँपालिकामा मात्रै ७० जना कोरोना संक्रमित भएका छन् । संयोजक चौलागाईले गाउँमा अझ धेरै मानिसहरु पोजेटिभ हुन सक्ने अनुमान गरिएकाले परीक्षणको दायरा थप बढाउनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी गाउँपालिकाले १० दिनका लागि सो वडा सिल गरेको सूचना जारी गरेको छ ।

तातोपानी गाउँपालिमा संक्रमित ७० जना पुगेका र तिनिहरु मध्य ४७ जना गाउँपालिकाको आईसुलेशनमा बसेका उहाँले बताउनुभयो । यसैगरी १९ जना सन्चो भएर घर फर्किएका छन् । तातोपानी गाउँपालिकामा १०९ जना पिसिआर र १६७ जना एन्टिजन गरी २७६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य शाखाँले जनाएको छ । पछिल्लो समयमा गाउँमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि तातोपानी गाउँपालिका वडा नम्बर ५ रावतबाडामा एकै गाउँका २१ संक्रमित देखिएका थिए । गाउँमा परीक्षण दायरा बढाउने हो भने धेरैमा पोजेटिभ देखिने सम्भावना भएको स्थानीय बताउछन् ।

प्रतिकृया दिनुहोस्