OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७८ जुम्ला,
१३०६ पटक

जेठ २३ गते । चर्चित वलिउड नायिका मनिषा कोईरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु  भएको छ ।
मनिषा कोईराला फाउण्डेसनबाट पिपिईसेट ४१० , चश्मा ३५० सेट, एन नाईन्टीफाईभ मास्क ३०० पिस, दश हजार  ट्यावलेट डेक्सोना औषधी, रियूजएवल गाउन ६० सेट सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको समन्वयमा नायिका कोईरालाले फाउण्डेसन मार्फत सहयोग गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाण्डौबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपतको समयमा सहयोगी हातहरु जुटन थालेको बताउदै धन्यवाद ज्ञापन गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ विरामीलाई उपचार गर्नुका साथै जिल्ला वाहिर परिचालन गरि काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यो पटक सुगुम क्षेत्रबाट पनि विरामी आउने गरेका छन् । प्रतिष्ठानले १२० वेड आईसुलेशन, १२ वेडको आईसियू र २४ एचडियू संचालनमा रहेको प्रवक्ता भट्टाराईले जानकारी दिनुभयो । यसैगरी २० जना कोरोना संक्रमितको वेडमा सिधै अक्सिजन प्लान्टबाट अक्सिन आपुर्ति भईरहेको उहाँले थप्नुभयो ।

 

प्रतिकृया दिनुहोस्