OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २१, २०७६जुम्ला,
४२१ पटक

खलङ्गा कात्तिक । जुम्ला शशस्त्र प्रहरी ३३ नं त्रिपुरा गणमा कार्यरत शशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यू भएको छ ।
आफ्नै कोठामा राति सुतेको अवस्थामा विहान एक्कासी नउठेपछि खबर गर्दा वेहोस भेटाएर अस्पताल पुरयाईएका थापाको मृत्यू भएको ३३ नं शशस्त्र प्रहरी गण जुम्लाले जनाएको छ ।
शशस्त्र प्रहरी गणका गणपति सरत न्यौपानेका अनुसार मंगलवार वेलुकी १० बजे सम्म ठिक रहेका थापा सुतेकै अवस्थामा कोठामा वुधवार वेहोस भेटिएका थिए । विहान डयूटि थियो किन उठेनन् भनेर साथी पठाउदा वेहोश अवस्थामा रहेको भन्ने खवर आएपछि अस्पताल लगिएको एसपि थापाले थप्नुभयो ।
यसैगरी अस्पतालमा वेहोस अवस्थामा पुरयाईएका प्रहरी निरीक्षक थापाको मुटुको धडकन नभएको हुदा अस्पताल नआउदै मृत्यू भईसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भोजराज वमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल आएपछि भने साढे आठ बजे मृत्युको घोषणा गरिएको हो । यसैगरी थापाको शव भने घरमा लिने तयारी भएको छ । नारायण नगरपालिका ८ दैलेख निवासी थापाको पोष्ममार्टम दैलेखमै गर्ने भएकाले हेलिकोप्टर मार्फत पठाउने तयारी भएको गणपति न्यौपानले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्