OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २२, २०७८जुम्ला ।
११३४ पटक

२०७८ जेठ २२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठनलाई नयाँ स्वरुपमा लैजानुपर्ने बताउनुभएको छ । उहाँले अहिले नेकपा माओवादी केन्द्रलाई कमजोर पारेर परिवर्तनका एजेण्डालाई कमजोर पार्ने प्रहार भईरह्को भन्दै यसमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको राष्ट्रिय स्तरको भर्चुअल प्रशिक्षणमा वोल्दै समाजवादी क्रान्ति पुरा गर्न एकतामा पहिलो पार्टी एकताको झण्डा बलियो बनाउने , पार्टी भित्रका कमीकमजोरी समिक्षा गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ,माओवादीहरु एकता हुनुपर्नेमा दुईमत छैन तर बृहत कम्यूनिष्टको झण्डा पनि उठाउनुपर्छ । अर्को बृहत्तर राष्टिय एकता गर्नुपर्छ । यसलाई कमजोर हुन दिनु हुदैन । शान्ति प्रक्रिया, संविधान र समावेशी राष्ट्रिय एकताका प्रतिक पनि भएकाले बचाई राख्न आवश्यक भएको छ ।

उहाँले पार्टीलाई अव समावशेतिर जैजान ३३ प्रतिशत महिला, २० प्रतिशत यूवा, दलित सहितका समावेशी पार्टी संगठनमा जोड दिईएको बताउनुभयो । यसका लागि कार्यदल बनाएर अगाडि बढाईएको छ । सूझावहरु पनि संकलन भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रको अहिले २९९ केन्द्रीय सदस्य, प्रदेश र जिल्लाको संगठनात्मक संरचना तयार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अव पनि माक्र्सवाद  , लेलिनवाद र माओवादनै पार्टीको निर्देशक सिद्धान्त भएको र हामीले पार्टी एकतमा पनि महाधिवेशनमा गएर वहश गर्ने भनिएको बताउनुभयो ।

उहाँले शिक्षकका सवाल जहिले पनि माओवादीले प्रथामिकतामा राखेको र राख्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष प्रचण्डले हामी सरकारमा भएकै वेला केही काम नहुन सकेको भन्ने गुनासो शिक्षा क्षेत्रको स्वभाविक छ । सरकारमा साझेदारी भएपनि गर्दा गर्दै पनि केही काम गर्न नदिएको बताउनुभयो । अर्को शिक्षकलाई संगठनमा प्रथामिकताका साथ समेटने र समेटदै आएको दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले आफु स्वयं, सभामुख अग्नि सापकोटा पनि शिक्षक पेशाबाटै राजनितमा आएको बताउनुभयो ।  शिक्षक संगठनका प्रदेश नेतृत्वले मुलुकका सातै प्रदेशबाट शिक्षा क्षेत्रको अवस्था र संगठनिक गतिविधिका बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कर्णाली प्रदेश अध्यक्ष रेश्मिलाल चपाईका अनुसार सुदुरपश्चिम अध्यक्ष दलबहादुर कार्की, कर्णाली अध्यक्ष रेश्मीलाल चपाई, लुम्बिनीबाट यामप्रसाद अधिकारी, बाग्मती ईन्चार्ज दुर्गासिंह लामा, गण्डकी अध्यक्ष सोमनाथ ढुंगाना, दुई नम्बर अध्यक्ष भुपनारायाण यादबले संगठनको अवस्था र सुझाव प्रतिवेदन सुनाउनुभयो । यसैगरी एक नम्बर प्रदेश ईन्चार्ज तथा अर्थ महासचिव कुलप्रसाद खतिवडाले कोभिडले निधन भएका शिक्षक बसन्तराज अधिकारीको स्मृतिमा शुरु गरिने अक्षयकोषको निर्देशिका जानकारी गर्नुभएको थियो ।

अवको बाटो मौलिक समाजवादी क्रान्ति  : 
अध्यक्ष प्रचण्डले अवको रणनिति समाजवादी क्रान्तिको रणनिति भएको बताउनुभयो । यो कसैको नक्कल नभई आफ्नै मौलिकतामा रहेको समाजवादी क्रान्ति हो । वैचारिक राजनितिक ढंगलाई सहित ढंगले अगाल्ने उत्पादन शक्तिको विकासमा जोड दिने बताउनुभयो । पार्टी एकता मौलिक समाजवादी क्रान्तिको स्वरुप थियो । यो गलत होईन । यसैले सवै मिलेर नेपालको मौलिकता अनुसार समाजवादी क्रान्ति अगाडि बढाउन आवश्यक रहेको छ ।

अहिले परिवर्तन समाजवादी क्रान्तिको शुरुवात , अहिलेको संविधान परम्परागत नभएकाले आवश्यकता अनुसार समाजवादी मोडलमा थप बलियो बनाउन सकनेछ । अहिले घरेलु र वैदेशिक प्रतिक्रियावादीहरुबाट प्रहार भईरहेको अवस्थामा पार्टी डटेर लाग्ने समेत बताउनुभयो । अहिले राजनितिक अस्थिरता संघीयता ,गणतन्त्र, समावेशी संरचना माथीको प्रहार प्रतिक्रियावादीहरुले गर्दै आएको उहाँको भनाई छ ।

विभाजन भयो भनेर निराश नहोउ :
पार्टी एकतमा हामी पराजित भएनौ, पूर्व एमालेभित्र पनि राम्रा साथीहरु छन् । ओली विरुद्धको विद्रोह हामीले उठाऔ, उठाएकै हौ । उनको गलत प्रवृति ७० प्रतिशत नेकपाले उठाएको थियो । यसबाट हिनतावोध गर्न आवश्यक छैन् । अत्याधिक ठूलो बहुमतलाई विश्वासमा लिएका थियौ । अव समिक्षा गर्दै बढ्ने हो । चिन्ता लिनुपर्ने अवस्था हो । यसको संघर्ष हामीले मात्र होईन एमाले भित्रैको ठूलो हिस्साले गरिरहेको छ । वर्ग संघर्षमा क्रान्तिकारीको पक्षमा कम भएकाले , कार्यनिति रुपमा गलत तत्वले पार्टी विभाजन गरिदिएका हुन् ।

हामी बिजयी भएका छौ, हारेका छैनौ । १९ पृष्ठ लामो प्रतिवेदन  प्रस्तुत गर्यौ । यो मेरो मात्रै प्रस्ताब थिएन । एमाले भित्रका माधव नेपाल, झलनाथ खनाल सहित ठूलो संख्याको सचिवालय ओलिप्रवृति विरुद्धमा भएकाले हारेका होईनौ । अझ संसद पुनस्थापन हुनु के हारेका हौ ?

प्रचण्डले भन्नुभयो, अहिले हामीलाई आईसुलेट गर्न खोज्ने होशियार । हिजो जनयूद्धमा मृत्यूलाई स्विकारेर गयौ र जितेका थियौ । अव नयाँ स्वरुपको जनयूद्ध आवश्यक रहेको छ । ठूलो सास्कृति क्रान्तिको स्वरुप हो । हामी हारेका छैनौ, वर्गसंघर्षमा हामी हार्दैनौ । सवै ताकत लगाएर बिजयको दिशातिर लिएका छौ । कोभिड १९ को महामारी हुदैनथ्यो भने आधिहुरी आउथ्यो । उहाँले नेपालका जनता र बेष्टब्रेनहरुले चिन्ता गरेका छन् । ओलिको विपक्षमा रहेका छन् । हिजो मात्रै संविधान, लोकतन्त्र र राष्ट्रियतामा ५ दल एकतमा रहेको बताउनुभयो ।

प्रशिक्षणमा केन्द्रीय अध्यक्ष शंकर अधिकारीले बजेटमा सरकारले शिक्षकलाई विभेद गरिएको भन्दै निजामति र अन्य क्षेत्रका विद्यालय र अस्पताल बनाउदा शिक्षक प्रथामिकतामा नपरेको बताउनुभयो । शिक्षक संगठन परिवर्तनको समयमा भरोसाको केन्द्र भएकाले एकजुट भएर लाग्न सवै शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

नेपाल शिक्षक महासंघका कार्यवाहक अध्यक्ष पूर्ण दवाडिले शिक्षक संगठनमा अव नयाँ तरिकाले जानुपर्ने बताउनुभयो । कार्यक्रमले शिक्षक संगठनको कामको पार्टीले राम्रो मुल्यांकन गरिरहेको भन्दै अहिले महासंघ पनि आन्दोलित समेत भएको बताउनुभयो । उहाँले सरकारले बजेटमा शिक्षकलाई कर्मचारीको तुलनामा विभेद गरेको भन्दै अहिले सम्म शिक्षकलाई खोप समेत दिन नसकेको बताउनुभयो ।
प्रशिक्षणमा  पेशागत अधिकार, शिक्षा क्षेत्रका  सवाल, संगठनको नेतृत्व पछि पार्टीमा सहभागिता लगायतका बिषयमा शिक्षक नेतृत्वहरुले सूझाव दिएका र एक हजार बढी शिक्षकहरु भर्चुअल भेलामा सहभागि भएका एकिकृत नेपाल शिक्षक संगठन जुम्ला सचिव जयशंकर धितालले जानकारी दिनुभयो । यसैगरी संगठनले कोरोना संक्रमणबाट ज्यान गुमाएका शिक्षकको स्मृतिमा रु २५ लाखको बसन्त मदन स्मृति कोष गठन गर्ने घोषणा समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्