OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २१, २०७८सुर्खेत
९६२ पटक

 २१ जेठ २०७८, शुक्रबार

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउसो २ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । हिजो बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शाहीलाई प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु अघि १५ दिन अघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

खासगरी प्रतिपक्षी दलहरुले सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटी बजेट ल्याउन टिप्पणी गरेका थिए । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली सरकारले करिब रु.३० देखि.३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्