OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २०, २०७८सुर्खेत
११०३ पटक

२० जेठ २०७८, बिहीबार

नेपाली कांग्रेसले कर्णालीमा खाली दुई मन्त्रालयका लागि दुई मन्त्रीलाई सिफारिस गरेको छ । काँग्रेस कर्णाली प्रदेशसभा दलको आज साँझ बसेको बैठकले सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्रीमा नाम सिफारिस गरेको हो ।

बैठकले विसीलाई सामाजिक विकास मन्त्रालय र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा पठाउन सिफारिस गरेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो । ‘बैठकले विसी र श्रेष्ठको दुवैको नाम सिफारिस गरिसकेकोले सपथ भोलि हुने नेता शाहीले बताउनुभयो ।

कर्णालीका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार दल नेपाली काँग्रेससँगको सहमतिमा रिक्त रहेका दुई मन्त्रालय पूर्तिसँगै भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुनेछ ।

 

प्रतिकृया दिनुहोस्