OnlinePana

आज : २०८२ जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २०, २०७८
६०८ पटक

 २० जेठ २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारले जेठ २५ गते प्रदेशसभाको अधिवेशन बोलउने तयारी गरेको छ ।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीको आह्वानका आज बसेको सर्वदलीय बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले यही जेठ २५ गतेभित्र प्रदेशसभाको अधिवेशन बोलाउने तयारी गरेको बताउनुभयो । यस विषयमा सरकारले गृहकार्य गरिरहेको मुख्यमन्त्री शाहीले बाउनुभयो । सर्वदलीय बैठकमा दलहरुले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिपक्षी दल नेकपा एमालेले यस अघि नै बजेट अधिवेशन बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो । असार १ गते बजेट ल्याईसक्नु पर्ने र त्यस भन्दा १५ दिन अघि सरकारले बजेटका सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल गर्नुपर्ने भएपनि कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रि–बजेट छलफल बिनै पूर्ण बजेट ल्याउने सरकारले तयारी गरेको थियो । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु.३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्