OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २०, २०७६ सुर्खेत
६०१ पटक

सुर्खेत, २० कार्तिक ः कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभएका प्रदेश प्रमुख कलौनीले आज कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले जनसम्बन्ध र धाराणात्मक हिसाबले सुदूरपश्चिम र कर्णाली एउटै प्रदेश जस्तो भएको बताउनुभयो । कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वयतात्मक एवं रचनात्मक भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।
उहाँलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले प्रदेश प्रमुख कलौनलाई माला लगाएर स्वागत गर्नुभयो ।
त्यसैगरी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलगायत सम्पूर्ण मन्त्रालयका सचिव तथा कर्मचारीहरुले पनि प्रदेश उहाँलाई स्वागत गर्नुभएको थियो ।
यही कार्तिक १८ गते संघीय सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका प्रदेश नम्बर, १, २, ३, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु क्रमश ः सोमनाथ अधिकारी प्यासी, तिलक परियार बिष्णु प्रसाई, अमिक शेरचन, धर्मनाथ यादव, गोविन्दप्रसाद कलौनी र शर्मिला त्रिपाठीले मंगलबार राष्ट्रपति भण्डारीबाट सपथ ग्रहण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्