OnlinePana

आज : २०८२ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २०, २०७८
९४४ पटक

२० जेठ २०७८, बिहीबार

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। उक्त पार्टीले उहाँलाई दलबाट निष्कासन गरेको जानकारी आज प्रदेशसभा सचिवालयमा जानकारी गराएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले आज १ः०० बजे शुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी गराउँदै उहाँको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताउनुभयो ।

जनमोर्चाले यस अघि नै थापालाई साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो । पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि थापालाई प्रदेशसभा सदस्य पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

यस अघि ६० सदस्यीय रहेको गण्डकी प्रदेशसभामा थापा पदमुक्त भएपछि अब प्रदेशसभा सदस्यहरुको संख्या ५९ रहने छ । राष्ट्रिय जनमोर्चाका तीन जना सदस्य रहेकामा अब प्रदेशसभामा २ जना सदस्यमात्र रहने भएका छन् । नेकपा एमालेबाहेकको दलको सरकारमा बनाउने निर्णय राष्ट्रिय जनमोर्चाले गरेपनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताउँदै आउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्