OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १८, २०७८
१६४२ पटक

१८ जेठ २०७८, मंगलबार

नेपाल सरकार स्वामित्वको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकका लागि १२ जना पत्रकारहरुको आवेदन परेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएअनुसार सोमबार बेलुका ५ःं०० बजेसम्म १२ जना पत्रकारहरुले महाप्रबन्धकमा आवेदन दिएका छन् ।

आवदेन दिनेहरुमा दोलखाका पत्रकार टेकराज थामीले पनि आवेदन दिएका छन्। यसैगरी टेलिभिजन पत्रकार विजय पौडेल, पत्रकारहरु बाराका माधव ढुंगेल, धनकुटाका शिद्धराज राई, सुर्खेतका सुर्यमणि गौतम, बुटवलका दीपक ज्ञवालीका साथै कलेज सञ्चालक तथा पत्रकार रामहरि सिलवाल, श्याम भट्टसहित १२ जनाको आवेदन परेको जनाइएको छ ।

नेपाल टेलिभिजनको महाप्रबन्धकमा आवेदन दिएर अवसर गुमाएका उदयपुरका मनोहरि थापा र नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य दोलखा निवासी पत्रकार बालकृष्ण बस्नेतले अन्तिम समयमा आवेदन दर्ता गराएका छन्। बस्नेत प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतका आफन्त हुन् ।

उक्त पदका लागि राससका पूर्व कर्मचारी सुरेन्द्र नेपाली बहालवाला प्रधानसम्पादक श्यामप्रसाद रिमालले पनि आवेदन दिनुभएको छ । महाप्रबन्धक पदका लागि महिला एक जनाको पनि निवेदन परेको छैन ।

प्रतिकृया दिनुहोस्