OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७८सुर्खेत
४२२ पटक

 १५ जेठ २०७८, शनिबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले गणतन्त्र दिवसले राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । नेपालीहरुका लागि आज ऐतिहासिक दिन भएको बबताउँदै उहाँले १४औं गणतन्त्र स्थापना दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।

जननिर्वाचित ऐतिहासिक संविधानसभाको पहिलो बैठकले बि.सं.२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण गर्दै उहाँले यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “नेपालको संविधानले निर्देशित गरेको समाजवाद उन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक श्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”

उहाँले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङ्क्तिमा खटिएर काम गर्ने योद्धाहरु प्रति उच्च सम्मान गर्दै संक्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्