OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०७८सुर्खेत
७८१ पटक

१३ जेठ २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा प्रदेश सरकारका मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली रहेको थियो ।

प्रमुख सचेतकमा नियुक्त प्रदेशसभा सदस्य विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढंगबाट पुरा गर्ने बताउनुभएको छ । यस अघि भने उहाँलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्