OnlinePana

आज : २०८० आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०७८काठमाडौं
३२७ पटक

९ जेठ २०७८, आईतबार

नेकपा एमालेका नेता घनश्याम भुसालले सरकारले नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गरिरहेको आरोप लगाएका छन्।

एमालेको संस्थापन पक्षले माधव कुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोधेपछि नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका हुन्। सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएको पनि उनको आरोप छ।

त्यस्तै भुसालले नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गरिरहेको पनि बताएका छन्।

तर परिणाम भने विपरित हुने उनको टिप्पणी छ।  त्यस्तै नेता भुसालले सरकारले  चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जाने पनि बताएका छन्।

‘सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ। यसबारे माक्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो।’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो।’ थाहाखबरबाट

प्रतिकृया दिनुहोस्