OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

प्रतिष्ठान जुम्लामा अक्सिजन प्लान्ट उद्घाटन

प्रतिष्ठानको प्रत्येक शैयामा अक्सिजन

कोरपाटी संवाददाताभाद्र १८, २०७६काठमाडौं
४३० पटक

जुम्ला, १८ भदौ ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज एक कार्यक्रमबाट बीचबाट स्वीच दबाएर अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै कानूनमन्त्री भण्डारीले प्रतिष्ठान स्वयंले निर्माण गरेको अक्सिजनले यहाँको नागरिकहरुको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो ।
“मानव जीवनसँग जोडिएको अक्सिजन जुम्लामा उत्पादन हुनु महत्वपूर्ण उपलब्धी हो,” मन्त्री भण्डारीले भन्नुभयो, “अब प्रतिष्ठानले अक्सिजन आयात होइन निर्यात गर्छ ।” यसले प्रतिष्ठानको विकास गतिमा अर्को ईटा थपिएको उहाँको भनाई छ ।
प्रतिष्ठान पहल समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले अक्सिजन प्लान्टसँगै थुप्रै सेवामा आत्मनिर्भर भएको जनाउँदै उहाँले अगाडि भन्नुभयो, “एमडिजिपी र एमविविएस कार्यक्रम शुरु हुने पाईपलाईनमा छ । बिपीएच र मिडवाईफेरीको अध्ययन अध्यापन कार्य भईरहेको छ ।”
हिमाली जिल्लाममा निकै कष्ठका साथ जन्मेको विश्वविद्यालयस्तरको प्रतिष्ठानले देश विदेशमा डाक्टर पढाउने र आपुर्तिमा गर्ने केन्द्रको रुपमा स्थापित हुने उहाँको दावी थियो । प्रतिष्ठान पैसा नहुने, गरिब, निमुखा र दुःखीहरुको संस्था भएको औंल्याउँदै उहाँले त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिष्ठानको प्रत्येक शैयामा अक्सिजन
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बिरामीको प्रत्येक शैयामा अक्सिजनसमेत जडान गरिएको प्रतिष्ठानका बताउनुभयो । “एकातिर अस्पतालमा आवश्यक अक्सिजन उत्पादन हुने र अर्कोतिर उत्पादनको मात्रा बढाएर कर्णालीका अन्य जिल्लामा आपुर्ति गरिन्छ,” रजिष्टार काफ्लेले भन्नुभयो ।
प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईले प्रतिष्ठान हाल कर्णाली प्रदेशसहित १३ जिल्ला र १५ अस्पतालमा सेवा थालनी गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । निर्देशक गोसार्ईले प्रतिवेदनमा २०७५÷०७६ मा ५४ हजार बिरामीको सेवा गरिएको जानकारी गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवाहरुसहित आधुनिक ब्लक बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी शुरु भईसकेका छन् । अक्सिजन प्लान्टसहित सिटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठान छ ।” प्रतिष्ठानका नर्सिङ डिन सरस्वती गौतमले हिमाली जिल्लाको स्वास्थ्य क्षेत्रको संरचना र सेवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्