OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २, २०७८सुर्खेत
८५२ पटक

 २ जेठ २०७८, आईतबार

नयाँ भेरियन्टसहितको कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु.१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षताका आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि रु.छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु.पाँच करोड ४५ लाख, रेम्डिसिभर लगायतका औषधि खरिद तथा कोभिड बिरामी हवाई उद्धारका लागि रु.एक÷एक करोड उपलब्ध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।

बैठकमा कोभिड–१९ संक्रामक रोगको महामारीको विशेष परिस्थिति सृजना भएको वर्तमान अवस्थामा यस प्रदेशअन्तरगतका सम्बन्धित निकायहरुले कोरोना प्रतिकार्य सम्बन्धि कार्य गर्ने आवश्यकता अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६६) र सार्वजनिक खरिद नियमावली २०६४ को नियम (१४५) को प्रक्रिया अनुसार खरिद सम्बन्धीको कार्य गर्ने निर्णय भएको प्रवक्ता शाहीले बताउनुभयो ।

त्यसैगरी, बैठकले कर्णाली प्रदेशको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति क्षमतास्तरको अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय भएको उहाँको भनाई छ ।

बैठकमा कोभिड–१९ संक्रामक रोगबाट महामारीको अवस्था सृजना भई मानव जीवन नै संकटमा परेकोले यसको प्रतिकार्य तथा व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेशअन्तरगत स्वीकृत शीर्षकहरुबाट समर्पण गराई वा अन्य जुनसुकै बजेट शीर्षकहरुबाट बजेट स्रोतको व्यवस्थापन गर्ने र प्रदेशसभा सचिवालय सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्