OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७८सुर्खेत
१००३ पटक

 २९ बैशाख २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले संयुक्त राजीनामा दिनुभएको छ ।

कानूनमन्त्री भण्डारी र योजनामन्त्री केसीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो । दुवै मन्त्रीले नेतृत्व गर्ने अवसरलाई फराकिलो पार्ने आवश्यकता र जनताको घरदैलोमा पुगेर प्रत्यक्ष सेवा गर्ने चाहाना कारण मन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।

नेपाली जनताको लामो त्याग, तपस्या, बलिदान र अथक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गर्न ऐतिहासिक अभिभारा सम्पादन गर्न गठित कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यको हैसियतमा योगदान गर्ने अवसर प्राप्त भएको भन्दै आभार व्यक्त गर्नुभएको छ ।

२०७४ फागुन ६ गते मन्त्री पदको जिम्मेवारी सम्हालेदेखि प्रदेश सरकार सफल तुल्याउन गरिएको भरमग्दुर प्रयत्नस्वरुप हासिल भएका केही उल्लेखनीय नतिजाले आफूहरुलाई सन्तोष तुल्याएको जनाउनुभयो । कार्यसम्पादनको क्रममा सहयोग गर्ने सम्बद्ध सबै पक्षप्रति उहाँहरुले हार्दिक आभार प्रकट गर्नुभएको छ ।

मन्त्रीको संयुक्त राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानू, युवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा उर्जा विकासमन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई नियुक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्