OnlinePana

आज : २०८० मंसिर १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २६, २०७८काठमाडौं
४६५ पटक

२६ बैशाख २०७८, आईतबार

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद दश दिनमै गुमेको छ । मनाङे यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । दश दिन अगाडि मन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै मनाङेको मन्त्री पद खुस्किएको हो ।

पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाउनुभएको थियो । तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद दश दिनमै गुमेको हो ।

आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा पद्धति बसाल्न मन्त्री बनेको भन्ने मनाङेको प्रतिक्रिया थियो । मन्त्री बनेको दश दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे पनि काम चलाउ हुनुपरेको हो । आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै मनाङे जवाफ थियो। मनाङेबाट अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम रहने वा नयाँ सरकार बनाउने दललाई समर्थन हुने त्यो आउने समयले निर्धारण गर्नेछ ।

प्रतिकृया दिनुहोस्