OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७८काठमाडौं
४३९ पटक

 २४, बैशाख २०७८, शुक्रबार

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोग नेपालले जनाएको छ ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारवाही गरेपछि बागमती प्रदेशमा उहाँको रिक्त भएको हो ।

उक्त पद पूर्तिका लागि निर्वाचन आयोगले जेष्ठ ६ गते मतदान हुने गरी चुनावको मिति घोषणा गरिसकेको छ। चुनावमा प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशमा ११० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३४८ जना मतदाता रहेका छन्।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । यस अघि बादललाई उम्मेदवार बनाउने एमालेले तयारी गरेको थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको स्रोतले बताएको छ ।

जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन सकेन । एमालेभित्रको विवाद संवादतिर मोडिएकाले मनोनयन दर्ताको समयसम्म एमालेले कसलाई अगाडि सार्छ भन्न यसै सकिने अवस्था छैन ।

प्रतिकृया दिनुहोस्