OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७८ सुर्खेत
७४१ पटक

 २३ बैशाख २०७८, बिहीबार

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेसी नगरपालिका ५ का ३८ र छत्रेश्वरी गाउपालिका ६ सल्यानका ६५ वर्षीय महिला रहेका छन् । उनीहरु सबैको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका १ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका ४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा.खड्काले बताउनुभयो । , भेरी नगरपालिका ४ जाजरकोटका ४५ वर्षीय कोरोना संक्रमित महिलालाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाईएको छ ।

आज आठ मृतक थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । डा.खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको आरटी पीसीआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकोमा १०३ गरी जम्मा ५०३ जनामा कोरोना संक्रमण पुष्टि छ ।

कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा संक्रमण पुष्टि भएकोमा सात हजार ७४८ (७८ प्रतिशत) संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्