OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २०, २०७८काठमाडौं
२९६ पटक

२० बैशाख २०७८, सोमबार

सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शेरचन र त्रिपाठी नेकपा एकता कायम रहेको समयमा माओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए । यसअघि माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका  २ नम्बर प्रदेशका प्रदेश प्रुमख तिलक परियारलाई पनि हटाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । अनलाईनखबर/लोेकान्तरबाट

प्रतिकृया दिनुहोस्