OnlinePana

आज : २०८१ चैत्र १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १९, २०७८
९३५ पटक

१९ बैशाख २०७८, आईतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । सुर्तीसहित प्रहरी कर्णाली प्रदेश ०२००१ क ०१२१ नम्बर ट्रक चालक अशोक शाहीलाई पक्राउ गरेको छ ।

तुर्माखाँद गाउपालिका ७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

क.प्र.२–००१–क०१२१ नं. को मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका समानभित्र अवैधरुपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाई छिपाई राखी सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा ढुवानी गर्न लागेको भन्ने विशेष सुचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भानुचोकबाट चालक शाहीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

गोल्डेन कम्पनीको कर छली गरी ल्याईएको रु.पाँच लाख बराबरको २५ बोरा लिप्स नामको सुर्तीसहित पक्राउ परेका उनलाई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । शु

प्रतिकृया दिनुहोस्