OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीबैशाख १९, २०७८सुर्खेत
६९७ पटक

१९ बैशाख २०७८, आईतबार

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णाली प्रदेशमा आज तीनजना कोरोना संक्रमतिहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत सिम्ता गाउँपालिका ८ का ३०, लेकबेसी नगरपालिका ८ का ६८ र पञ्चपुरी नगरपालिका ११ का ३३ वर्षीय पुरुष रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै जना पुरुषको उपचारको क्रममा आजै प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जना (३८ प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा.खड्काले बताउनुभयो ।

त्यस्तै, यो प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका आठ हजार ७८१ संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६०२ जना (८७ प्रतिशत) निको भएर घर फर्केका छन् । एक हजार ७८८ जना संक्रमितहरु प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्