OnlinePana

आज : २०८२ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १८, २०७८
५२४ पटक

१८ बैशाख २०७८, शनिबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

मे १ अर्थात् अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गरी प्रदेश प्रमुख कलौनीले स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी सम्पूर्ण श्रमजीवि दाजुभाई तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै कोरोना महामारीमा रोजगारी खोसिएका श्रमिकहरुको अधिकार रक्षा र सुनिश्चितताका लागि उचित प्रबन्ध गर्न सम्बन्धित सबैको ध्यान आकृष्ट गर्नुभएको हो ।

आज एक शुभकामना सन्देशमा जारी गर्दै उहाँले भन्नुभएको छ, “यस दिवसले श्रमिक वर्गको हक, अधिकार तथा स्वतन्त्रतालाई ग्यारेण्टी गर्दै सबै श्रमजीविलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु । विशेषगरी, कोरोना महमारीको यो जोखिमपूर्ण अवस्थामा आफ्नो जीवन जोखिमपूर्ण दाउमा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरुलाई धन्यवाद व्यक्त गर्दछु । श्रमिकहरुको मनोबल कमजोर नहुन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु ।”

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्थासम्म ल्याई पुर्याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रमुख कलौनीले अन्तराष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरुको लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बनोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्