OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०७८सुर्खेत
६५२ पटक

१७ बैशाख २०७८, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतको छड्के अनुगमन गर्नुभएको छ । शुक्रबार अस्पताल पुगेर उहाँले कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको हो ।

मन्त्रिपरिषद बैठक सकेर करिब बेलुका ७ बजे आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी.सहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना संक्रमितहरुको रहेको आइसोलेशन वार्डको निरीक्षण गर्नुभएको छ । अस्पतालको सेवा तथा बिरामीहरुको अवस्थाको अनुगमन तथा निरीक्षण गर्नुभएका मुख्यमन्त्री शाहीले अस्पताल निर्देशक डा.डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा.के.एन पौडेलसँग उपचार सेवा प्रभावका बारेमा बुझ्नुभएको थियो ।

शुक्रबारदेखि नै सामािजक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले अनुगमनपश्चात अस्पतालका निर्देशक डा.खड्कासहित चिकित्सकहरुलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याहरूको पनि उहाँले जानकारी लिनुभएको छ । स्मरण रहोस्, पछिल्लो २४ घण्टामा कर्णालीमा नौ जना कोरोना संक्रमितहरुको मृत्यु भएपछि उहाँले प्रदेश अस्पतालको सेवाको प्रभावकारिताबारे आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्