कोरपाटी संवाददाताबैशाख १७, २०७८काठमाडौं
४४१ पटक
१७ बैशाख २०७८, शुक्रबार
धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला पारेको हो ।
टोलीले धवलागिरीकै इटाली बेस क्याम्पमा ९ एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष समेत फेला पारेको छ । सेनाको टोलीले मृतकहरुको पहिचान नखुलेकोले थप छानविन भैरहेको जनाएको छ । फेला परेको हेलिकप्टरको अवशेष भने एयर डाइनेष्टीको रहेको जनाइएको छ ।
उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको सफा हिमाल अभियान टोलीले जानकारी दिएको छ । सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्धेश्यले थालिएको सो अभियान वैशाख १२ गतेबाट सुरु भएको हो । अभियान टोलीले अहिलेसम्म सो क्षेत्रमा ५, १५४ केजी फोहोर संकलन गरिसकेको छ । रातोपाटीबाट