OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०७८सुर्खेत
६७४ पटक

 १७ बैशाख २०७८, शुक्रबार

दोस्रो लहरको नोबेल कोरोना भाइरस ((कोभिड–१९) को संक्रमणबाट कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा आठ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ५ सुर्खेतका ६३ वर्षीय, वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ४५ वर्षीय, वीरेन्द्रनगर वडा नं.८ का ६३ वर्षीय, वडा नं. ११ का ५३ वर्षिय र वडा नं. १२ का ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, सिद्धकुमाख गाउँपालिका २ सल्यानका ४२ वर्षीय, मुसिकोट नगरपालिका ४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका ६ दैलेखका २७ वर्षीय महिलाको मृत्यु भएको निमित्त निर्देशक डा.खड्काले बताउनुभयो । मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पीसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाउनुभयो ।

निर्देशनालयले बताए अनुसार कर्णाली प्रदेश अस्पतालमा पाँच, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । कर्णालीमा एकैदिन ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भने यो पहिलो पटक हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको जनाईएको छ ।

आज ८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी जम्मा २५३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा आरटी पीसीआर परीक्षणबाट कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्