OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १६, २०७८
६७७ पटक

१६ बैशाख २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारले दोस्रो चरणको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु.एक अर्ब बजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलन गरी कोरोना महामारीको संकटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि रु.एकअर्ब बजेट छुट्याउने तथा विकास बजेटबाट रकमान्तर गरी तत्काल रु.५० करोड कोभिड कोषमा राख्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले कोरोना नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई तत्काल रु.२२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनैतिक अस्पतालहरुलाई सरकारले रु.१२ करोड बजेट गरी निकासा पठाएको बताउनुभयो । मन्त्री केसीका अनुसार प्रदेश भित्रिने चार नाकाहरुमा स्वास्थ्य जनशक्ति थप गरी एन्टिेजेन परीक्षण र स्क्रिनिङ्को व्यवस्था मिलाईएको छ ।

पत्रकार सम्मेलनबाट प्रदेश सरकारले यो प्रदेशसमा हालसम्म एक लाख २२२ जनाको पीसीआर परीक्षण भएकोमा आठ हजार ३०२ मा संक्रमण देखिएको र त्यसमा ७६० सक्रिय संक्रमित भएको र हालसम्म कोरोना भाइरसबाट ३९ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, सरकारले प्रदेशभरिका सम्पूर्ण सरकारी, सामुदायिक, गैरसरकारी, नीजि अस्पतालमार्फत कोभिड संक्रमित बिरामीहरुको व्यवस्था मिलाएको बताएको छ ।

प्रतिकृया दिनुहोस्