OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७८सुर्खेत
४३७ पटक

 १५ बैशाख २०७८, बुधबार

कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना महामारीको समयमा प्रदेशसभाको बैठक सञ्चालन अनुपयुक्त भन्दै आज सभा अवरुद्ध गरेपछि बेठक स्थगित भएको हो ।

सभामुख राजबहादुर शाहीले बैठकको कारवाही शुरु गरेलगत्तै नेकपा एमालेका प्रदेशसभा सदस्य गुलाबजंग शाहले टेबलमा थप्पडी मार्दै उठेर अपत्ति जनाउनुभयो । तत्पश्चात् सभामुखले उहाँलाई के होला भन्ने प्रश्न गर्दै बोल्ने समय दिएपछि सदस्य शाहले यो बेलामा सदन नचलाउन आग्रह गर्नुभयो ।

“कोरोना महामारीको विशेष परिस्थिति छ । संक्रमणको अवस्था भयावह बन्दै गएको छ,” उहाँले भन्नुभयो, “यतिबेला सदन होइन, जनताको भावनामा सबै एकाकार भएर जानुपर्दछ ।” कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा सभाको बैठक चल्न जायज नभएको उहाँको भनाई थियो
सदस्य शाहले सरकारले यो जटिल समयमा सहि भूमिका निर्वाह गर्न नसकेको आक्रोश पोखेर भनाई सिध्याउने बित्तिकै एमालेका सबै सदस्यहरुले उठेर बैठक अवरुद्ध गरे । सभामुख शाहीले पटक–पटक सदस्यहरुलाई आसन ग्रहण गर्न अनुरोध गर्नुभयो तर अवरोध हटेन । अन्त्यमा, उहाँले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्